गर्भावस्थाको बार्हौ हप्ता अर्थात तपाई दोश्रो त्रैमासिकमा (second trimester) प्रवेश गर्नेबाली हुनुहुन्छ । अब तपाईको गर्भपात (Abortion) हुने जोखिम अति न्यून छ । यदि तपाईले आफना मित्र तथा नातेदारहरुलाई यो सुखद समाचार दिनुभएको छैन भने अब तपाई उनीहरुलाई यो खबर दिन सक्नुहुन्छ ।
दोश्रो त्रैमासिकमा प्रवेश (entry) गर्दा महिलाहरु धेरै राहत महसूस गर्छन् । अब उनलाई चाँडै नै आमा बन्नन लागेको अनुभवले मनमनै खुशी दिन्छ । यस समयमा केही महिलाहरुलाई बेबी बंप (baby bump) देखिन थाल्छ, तर केहीमा नदेखिन पनि सक्छ ।

यदि तपाईभित्र कुनै शारीरिक परिवर्तन (physical changes) भइरहेको छैन भने चिन्ता लिने हुने कुनै कुरा छैन । आन्तरिक परिवर्तन (internal changes) गातार जारी छ । यस लेखको माध्यमले म तपाईलाई दिन्छु गर्भावस्थाको बार्हौ हप्ताको बारेमा महत्वपूर्ण केही जानकारीहरु ।
गर्भावस्थाको बार्हौ हप्तामा
- पहिलो त्रैमासिकको तुलना दोश्रो त्रैमासिकमा तपाईलाई कम थकान महसुस हुनु र उल्टी पनि कम आउनु प्रमुख लक्षण हुन्छ । यस समयमा तपाई कोशिश गर्नुहोस् कि सकेसम्म तनाव नलिनुहोस् । यसले तपाईको ऊर्जा स्तरमा वृद्घ हुनेछ ।
- अब तपाई एरोबिक्स एक्सरसाइज (aerobic exercise) लाई आफनो दिनचर्यामा लागू गर्न सक्नुहुन्छ । यसको लागि यो सही समय हो ।
- आफनो दिनचर्यामा हलुका एक्सरसाइज (simple exercise) लाई समावेश गर्नुहोस्, यसले तपाई र गर्भस्थ शिशु दुबै नै स्वस्थ रहनुहुनेछ ।
बच्चाको विकास
तपाईले दोश्रो त्रैमासिकमा प्रवेश गर्नुभएको छ, अब बच्चाको विकासमा तिब्रता आउनेछ । मस्तिष्कमा हार्मोनको उत्पादन शुरू हुनेछ र नसाहरु कोशिकाहरुं पनि चाँडै बढनेछ । गर्भमा पोसिइरहेको शिशु तरल पदार्थ (liquid) लाई चुस्नू र आहारलाई ओकल्नु शुरू गर्न थाल्छ । सबथोक सही रहदा शिशुको लम्बाई (lenth) र आकारमा परिवर्तन भइरहनेछ ।
बच्चाले मुठ्ठी खोल्ने र बन्द गर्ने प्रक्रिया पनि अब शुरू हुन थाल्छ । समय समयमा बच्चाको ओठ र परेली खुम्चिन थाल्छ । आँखा र कान अनुहारको अनुपातमा विकसित हुन सुरु भइसकेको हुन्छ । हप्ता र महिनौं समय बित्दै जाँदा शिशुको बनावटमा अरु पनि परिवर्तन आउनेछ ।
तपाईको शरीरमा परिवर्तन
गर्भावस्थाको बार्हौ हप्ताको अवधि बच्चाको स्थितिमा हुनेबाला परिवर्तनको कारण गर्भाशयको आकारमा पनि परिवर्तन देखिनेछ । अब आमाको पेट पहिलेभन्दा ठूलो देखिन थाल्छ । यसको साथै तपाईको तौलमा दुइदेखि तीन पाउन्डसम्म वृद्धि हुनेछ । छालाको रंगमा (color) पनि केही परिवर्तन हुनेछ । यदि तपाईको छालामा दाग छ भने त यो गर्भावस्थाको अवधिमा झ गाढा हुन सक्छ ।
केही महिलाहरु (pregnant women) लाई पेटको केन्द्रदेखि एक गाढा रंगको रेखा हेरिन शुरू हुन सक्छ, यो शिशुको जन्म पछि गायब पनि हुन सक्छ । हरेक महिलाको गर्भावस्थाको अवधि अलग अलग लक्षण हुन्छ, यसैले यदि तपाईको लक्षण कसैसँग भिन्न छ भने चिन्ताको कुरा छैन । गर्भावस्थाको बार्हौ हप्तामा तपाईको मुटुमा जलन पनि धेरै हुन सक्छ । यसमा कमी ल्याउनको लागि दिनभरि अलिकति मात्रामा आहार लिनुहोस् ।
चिकित्सकसँग यस्तो खाद्य पदार्थको बारेमा जानकारी लिनुहोस्, जसको सेवनले मुटुमा जलन नहोस् । यो समय मोलर गर्भावस्थाको हुन सक्छ । यस समय नाल ठीकले विकसित हुदैन । तपाईलाई दाग वा योनिबाट रगत बगेको देखिन सक्छ । यस किसिमको कठिनाई हुनुमा बिना कुनै लापरवाहीले चिकित्सक (doctor) सँग परामर्श लिनुहोस् । यस किसिमको कठिनाई गर्भपात (Abortion)को कारण पनि हुन सक्छ ।
के आशा गर्न सकिन्छ
दोश्रो त्रैमासिकमा जादा गर्भपात (Abortion)को जोखिम काफी कम भइसकेको छ । बिहानीपख हुनेबाला कठिनाई, थकान र उल्टी जस्तो कठीनाइ पनि कम हुनेछ । तपाई पहिलेभन्दा राम्रो महसूस गरिरहेको हुनुहुन्छ । तपाईको हार्मोन बच्चाको विकासको साथ समायोजन गरी रहनुहुन्छ र सब राम्रोसँगले चलिरहेके हुनुपर्छ । तपाईको छाला र्सूयको प्रकाश प्रति अतिसंवेदनशील बनेको महसूस (feeling) हुन सक्छ ।
यस समय छालामा दाग वा काले दाग बन्न सक्छ । घाममा जानुभन्दा पहिले सनस्क्रीनलाई प्रयोग फाइदाजनक रहनेछ । सन्तुलित आहार योजनलाई आफनो दिनचर्याको एक भाग बनाउनुहोस् । जो महिलाहरु पहिले गर्भवती बनिसकेकी छिन्, उनीसँग कुरा गर्नुहोस् र उनको अनुभवहरु (experinces) लाई बुझने कोशिश गर्नुहोस् । आफनो र बच्चाको स्वास्थ्यको निगरानीको लागि समय समयमा चिकित्सक (doctor) सँग भेटिरहनुहोस् ।
सुझाव र सलाह
तपाईले सफलतापूर्वक पहिलो त्रैमासिक पुरा गरिसक्नुभएको छ । अब तपाईको दोश्रो त्रैमासिकको शुरूआत भइसकेको छ । पहिलेको तुलना तपाई शारीरिक र मानसिक रूपले (mentally) असल महसूस गरिरहनुभएको छ । यदि आउनेबाला दिनहरुमा तपाईलाई यात्रा गर्ने (travel) विचार बनिरहेको छ भने त्यसको लागि यो समय असल छ । बिहानीमा हुनेबाला कठिनाईले पनि तपाईलाई राहत पाइनेछ । मित्रहरु र नातेदारहरुबाट पाइनेबाला बधाईहरु तपाईको खुशी (happiness) लाई दुइगुणा गरिदिन्छ ।
अन्य महिलाहरुको गर्भावस्थाको अवधि (pregnancy period) को कुराहरु सुनेर उनीहरुसँग आफनो अनुभवहरुलाई तुलना (compare) नगर्नुहोस् । जरूरी छैन कि हरेक महिलाको गर्भावस्थाको अवधिको अनुभव एक जस्तो नै हुन्छ । यदि यस सबैचीज पछि पनि तपाईको मनमा यदि कुनै प्रश्न छ भने चिकित्सकसँग परामर्श लिनु राम्रो रहनेछ ।